फ्युजन मिडिया प्रोडक्सनका संस्थापक एवं नेपाली टेलिभिजन तथा एक सशक्त चल चित्रकर्मी नितेश राज पन्त आफ्नो लघु-चलचित्रहरुको संगालो ‘धागो’ लिएर यही अक्टोबर २४ तारिख शनिबारका दिन पश्चिम अष्ट्रेलियाको पर्थ बासी नेपाली समुदायको माझ आउंदै हुनुहुन् छ ।
पर्थको मुटुमा रहेको मरी स्ट्रीट स्थित मन्त्र हलमा दुई शो गरिने उक्त फिल्म प्रदर्शनबाट उठेको रकम पर्थ नेपाली भाषा पाठशालाको लागी प्रदान गरिने छ भने सोही दिन पर्थमा रहेको नेपालीहरुको साझा संस्था नावाको विगत, बर्तमान र भविष्यमा यसले खेल्न सक्ने सामजिक भूमिकाबारे जानकारी समेटिने गरी सानो डोकुमेन्टरी को पनि छाँयङ्कन गरिने भए को छ
Location: Mantra at Murray
Time: 3:30 pm and 6:30 pm
Date: 24 October 2015